काठमाडौं– नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको युएईले दुवै ओपनरलाई गुमाएको छ। उसका ओपनर मोहम्मद वासिम ३३ रनमा आउट भए। उनलाई १५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एडबीडब्लू गराएका हुन्। वासिमले आउट हुनुपूर्व ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे।
उनले पहिलो पावर प्लेमा चिराग सुरीसँग मिलेर ५७ रनको साझेदारी गरेका थिए। सुरी १८औं ओभरको पहिलो बलमा क्याच आउट भए। उनी फास्ट बलर करण केसीको बलमा विकेटकिपर बिनोद भण्डारीको हातबाट क्याच आउट भएका हुन्।
आउट हुनुपूर्व उनले ५४ बल खेल्दै ३ चौकाका साथ २६ रन बनाए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पबुदु दासानायकेले आजको खेलमा युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राखेका छन्। विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई प्लेइङ-११ मा मौका दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।