फाइल तस्बिर
काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आयोजक युएईविरुद्ध बलिङ गर्ने भएको छ।
दुबई क्रिकेट रंगशालामा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पबुदु दासानायकेले युएईविरूद्वको खेलमा युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राखेको छ।
यता, विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई प्लेइङ-११ मा मौका दिएका छन्।
नेपालले युएईविरुद्ध सिरिजको तेस्रो खेल खेल्दैछ। यसअघि पहिलो खेलमा नेपालले प्रतियोगिताकै कमजोरी टोली मानिएको पपुवा न्यू गिनीलाई २ विकेटले पराजित गरेको थियो।
तर, दोस्रो खेलमा भने युएईसँग ४८ रनको पराजय भोगेको थियो। यता, युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराएको थियोे। तर, दोस्रो खेलमा ६ विकेटले स्तब्ध भएको थियो।
नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ तालिकाको छैटौं स्थानमा छ। यता, युएई १७ खेलमा ९ जित र ६ हारसहित २० अंक जोड्दै दोस्रो स्थानमा छ।
नेपाल प्लेइङ-११
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहितकुमार पौडेल, विक्रम सोब, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।