काठमाडौं- अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको आइतबार अन्त्येष्टि गरिएको छ। मेलबर्नमा उनको अन्त्येष्टि गरिएको हो।
सेन्ट किल्डा फुटबल क्लबमा भएको अन्त्येष्टि कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो। अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क र एलन बोर्डर पनि अन्त्येष्टि कार्यक्रममा सहभागी थिए। यता, पूर्व बलर ग्लेन म्याकग्रा र इंग्ल्याण्डका पूर्वकप्तान माइकल भन पनि उपस्थित थिए।
वार्नलाई ३० मार्चमा मेलबर्न क्रिकेट मैदानमा विशेष सम्मान दिइनेछ।
अस्ट्रेलियाका महान स्पिन बलर वार्नको ५२ वर्षको उमेरमा मार्च ४ मा थाइल्याण्डमा निधन भएको थियो।
लेग स्पिनर वार्नलाई क्रिकेटका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ। अस्ट्रेलियाका लागि १५ वर्ष खेलेका वार्नले १४५ टेस्ट खेलमा ७०८ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।