काठमाडौं- कर्णाली प्रदेशले धनगढीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आइतबार घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३४ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।
९४ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम १३.४ ओभरमा ५९ रनमा अलआउट भयो। सुदूरपश्चिमको कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मनिषा चौधरी ९, स्नेहा महरा ७, पवित्रा धामीले ६, अनु खठायत ६, ओपनर सीमा कुँवर ५ रनमा आउट भइन्। कर्णालीको लागि अन्जली थापाले सर्वाधिक ३ विकेट लिइन्।
यता, श्रिमीसिंह थारु, दीक्षा पुरी र तृसना विश्वकर्माले २/२ विकेट लिइन्।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएको थियो।
ओपनर किरण कुमारी कुँवरले सर्वाधिक २५ रनको योगदान दिइन्। उनले ५० बलमा २ चौका प्रहार गरिन्। यता, तृसना विश्वकर्मा १२ रनमा आउट भइन्।
शोभा शाही ९ र अन्जली थापा ६ रनमा आउट भइन्। सुदूरपश्चिमका लागि सावित्री धामीले ३ विकेट लिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।