काठमाडौं- भारतीय महिला क्रिकेट टोलीकी कप्तान मिताली राजले एकदिवसिय विश्वकपमा न्यूजिल्यान्डकी पूर्वखेलाडी डेबी हकलीले बनाएको कीर्तिमानसँग बराबरी गरेकी छन्।
न्यूजिल्यान्डमा जारी आईसीसी महिला एकदिवसिय विश्वकपमा शनिबार उनले अस्ट्रेलियाविरुद्ध अर्धशतक प्रहार गर्दै विश्वकपमा ५० भन्दा बढी रन बनाउने कीर्तिमानको बराबरी गरेकी हुन्।
यसभन्दा अगाडि यो उपलब्धि न्यूजिल्यान्डकी पूर्व खेलाडी डेबी हकलीले मात्र हासिल गरेकी थिइन्।
दुवै खेलाडीले १२ पटक विश्वकपमा ५० भन्दा बढी रन बनाएका छन्। अस्ट्रेलियाविरुद्ध बनाएको अर्धशतक मिताली राजको ६३औं अर्धशतक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।