काठमाडौं- एसियाली क्रिकेट परिषद् (एसीसी)ले आयोजना गर्ने एसिया कप टी–२० क्रिकेट प्रतियोगिता श्रीलंकामा हुने भएको छ।
शनिबार बसेको एसीसीको वार्षिक साधारण सभाले प्रतियोगिता आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो।
आयोजक श्रीलंकासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तानले सिधै प्रतियोगिता खेल्न पाउनेछन्। यता, एउटा देशले भने छनोट चरण पार गरेर स्थान बनाउनेछ।
यस्तै, बैठकले एसीसीका अध्यक्ष जय साहको कार्यकाल सन् २०२४ सम्मको लागि थप गरेको छ।
साह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिवसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।