काठमाडौं– आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली युएईले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट पनि गुमाएको छ।
१ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो।
८औं ओभरको अन्तिम बलमा चिराग सुरी र वृत्य अरविन्दले उनलाई रन आउट गरेका हुन्। दीपेन्द्रले १० बलमा चार रन बनाए।
त्यसअघि नेपालले एकै ओभरमा दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको थियो।
तीव्र गतिका बलर जुनैद सिद्दिकले पाँचौं ओभरको पहिलो बलमा कुशललाई ११ रनमा बोल्ड आउट गरेका थिए। कुशलले १५ बलमा १ चौका प्रहार गरे।
चौंथो बलमा फ्रन्ट फुटबाट खेलेका आसिफ एज लागेर मिड अनमा ७ रनमा चिराग सुरीबाट क्याच आउट भए। उनले १२ बलमा १ चौका प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।