काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आठौं विकेट लिएको छ।
घरेलु टोली यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको थियो। ५० ओभरको खेलामा ४५.२ ओभरमा यूएईले ८ विकेट गुमाएको हो।
४५.२ ओभरमा नेपाली बलर सोमपाल कामीले कुशल भुर्तेलको क्याचमा कशिव दाउदको विकेट लिएका हुन्। यससँगै कामीले ४ विकेट लिएका छन्। ४५ ओभरको समाप्तिमा यूएईले ८ विकेटको क्षतिमा१६७ रन बटुलेको छ।
नेपालका लागि सोमपालले ४, करन केसी, सन्दीप, सागर ढकाल, दीपेन्द्र सिंह ऐरी ले १/१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।