काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले छैटौं विकेट लिएको छ।
घरेलु टोली यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको थियो। ५० ओभरको खेलामा ३८.१ ओभरमा यूएईले ६ विकेट गुमाएको हो।
नेपाली बलर दीपेन्द्र सिंह ऐरीले रोहन मुस्तफाको विकेट लिएका हुन्। उनले ८० बल खेल्दै ४० रन जोडेका थिए।
यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले पाँचौं विकेट लिए। ३९ ओभर खेल्दा यूएईले ६ विकेट गुमाएर १३६ रन जोडेको छ। नेपालका लागि सोमपालले ३ र करन केसी सन्दीप र ऐरीले १/१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।