काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ।
घरेलु टोली यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको थियो। ५० ओभरको खेलामा ३३.३ ओभरमा यूएईले पाँचौं विकेट गुमाएको हो।
नेपालका कप्तान सन्दीप लामिछानेले पाँचौं विकेट लिए। ३१.५ ओभर खेल्दा यूएईले ५ विकेट गुमाएर १२१ रन जोडेको छ।
नेपालका लागि सोमपालले ३ र करन केसीले १ र सन्दीपले १ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।