काठमाडौं– नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग टस हारेर पहिला बलिङ गर्ने भएको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा घरेलु टोली युएईका कप्तान अहमद राजाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालको टोलीमा आज एक परिवर्तन गरेको छ। नेपाली टोलीको विकेटकिपर विनोद भण्डारीका स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको छ।
नेपाल आज प्रमुख तीन तीव्र गतिका बलर पार्टटाइम मध्य गतिका बलर आरिफ शेखका साथ मैदान उत्रेको छ।
यसअघि युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।