काठमाडौं– नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत आज (शुक्रबार) घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ।
नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन्।
यसअघिको खेलमा युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको जित निकालेको थियो।
अंक तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ। युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।