• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

जितबाट सुरु सन्दीपको कप्तानी, ब्याटिङमा एकपछि अर्को कीर्तिमान बनाउँदै रोहित

64x64
नेपाल लाइभ बिहीबार, चैत ३, २०७८  १०:२८
1140x725

काठमाडौं– आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ खेलिरहेका सात देशमध्ये पपुवा न्यू गिनी (पीएनजी) सबैभन्दा कमजोर देश हो। उसले १४ वटा खेल खेल्दा कुनैमा पनि जित निकाल्न सकेको छैन। नेपाल भने शीर्ष तीनमा पर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको छ।

यस अर्थमा पीएनजीविरुद्ध बुधबार भएको खेल नेपालले सहजै जित्नुपर्ने थियो। नेपालको बलिङ र ब्याटिङ दुवै मध्यम हुँदा तथा फिल्डिङमा पनि चुक्दा संघर्षपूर्ण जित हात पारेको छ। नेपालका मध्यम तीव्र गतिका मुख्य बलर सोमपाल कामी र करण केसीले सुररुवाती दबाब कायम गर्नै सकेनन्। भलै, पहिलो स्पेलमा विकेटविहीन भएका सोमपालले मध्यक्रम र पछिल्ला तीन विकेट भने लिए।

तर, करणले बलिङमा कुनै लय पकड्न नसक्दा विकेटविहीन भए। उनी नेपालका बलरमध्ये एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी विकेटविहीन हुने खेलाडी हुन्। यद्यपि, उनी सन्दीप लामिछानेपछि ओडीआईमा सबैभन्दा धेरै विकेट लिने खेलाडी पनि हुन्। उनले १५ खेल खेल्दा ६ पटक विकेटविहीन भएका छन् र कुल २१ विकेट लिएका छन्।

सन्दीप लामिछाने नेपालका तर्फबाट सफल बलर हुन्। उनले १७ खेलमा ४२ विकेट लिइसकेका छन्। उनी जम्मा दुई पटक मात्र विकेटविहीन भएका छन्। तर, उनलाई साथ दिने ‘स्पिन जोडी’ नेपाली क्रिकेटले भेट्न सकेको छैन। यद्यपि, दुई वर्षअघि कीर्तिपुरमा भएको ओमान र अमेरिकासहितको लिग २ कै शृङ्खलामा सुसन भारीले संभावना देखाएका थिए। उनले नौ वटा ओडीआई खेल्दा १५ विकेट लिएका छन् र दुई पटक मात्र विकेटविहीन भएका छन्। तर, यसपटक उनले टिममा स्थान बनाउन सकेनन्।

नेपालबाट ओडीआईमा धेरै विकेट लिनेको तेस्रो स्थानमा सोमपाल कामी छन्। उनले १३ ओडीआईमा १८ विकेट लिएका छन्। टिममा रहेका कमलसिंह ऐरी लयमा भए पनि हिजो मौका पाएनन्। उनी ब्याटिङमा पनि ‘फिनिसर’को भूमिका निभाउन सक्छन्। विक्रम सोबले पनि मौका पाउन सकेनन्। सोब ओडीआईको डेब्यु बलमा नै विकेट लिने नेपालका अहिलेसम्मका एक मात्र बलर हुन्। उनी पनि लयमा छन्।

जितबाट सुरु सन्दीपको कप्तानी


बुधबार पीएनजीविरुद्ध सन्दीपले ओडीआईमा पहिलो कप्तानी गरे। पहिलो खेलमा नै जित निकालेर उनले सकारात्मक सुरुवात गरेका छन्। यसअघि नेपालबाट ओडीआईको कप्तानी गरिसकेका पारस खड्का र ज्ञानेन्द्र मल्लले हारबाट नेतृत्व सुरु गरेका थिए।

नेपालले पहिलो ओडीआई १ अगष्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो। नेदरल्यान्ड्समा भएको उक्त खेलमा नेपालले जितका लागि १९० रनको सामान्य लक्ष्य पाए पनि सफल हुन सकेन। नेपाल १३४ रनमै अलआउट भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

ज्ञानेन्द्रले भने घरेलु मैदानमा नै पहिलो कप्तानी गर्ने अवसर पाएका थिए। लिग २ अन्तर्गत नै ओमानविरुद्ध ५ फेब्रुअरी २०२० मा भएको खेलमा नेपालले १९८ रनको लक्ष्यसमेत पूरा गर्न सकेको थिएन। ओपनिङमा आएका उनी १ रनमा नै बाहिरिएका थिए। 

पारस र ज्ञानेन्द्रको यो शृङ्खला सन्दीपले तोडेका छन्। उनको कप्तानीको सुरुआत जितबाट हुँदा भविष्यमा अपेक्षा गर्न सकिन्छ, तर कमजोर टिम पीएनजीविरुद्धको संघर्षपूर्ण जितले भने धेरै आशा गर्ने ठाउँ छैन। यही श्रृङ्खलामा प्रतिपर्धी रहेको युएई निकै लयमा छ। उसले पहिलो खेलमा पीएनजीविरुद्ध आरामदायी जित निकालेको थियो। त्यसैले सन्दीपका लागि युएईविरुद्धको खेल उनको कप्तानीको असली परीक्षा हुनेछ।

रोहितको ब्याटिङले जगाएको आशा


नेपालले बुधबार पीएनजीविरुद्ध ४२ रनमा नै सुरुआती चार विकेट गुमाइसकेको थियो। सुरुआती तीन विकेट गुमाउने कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले दोहोरो अंकमा रन बनाएनन्। मध्यक्रममा आशा गरिएका दीपेन्द्र पनि ८ रन बनाएर बाहिरिएका थिए। 

त्यसपछि दबाबमा परेको नेपाललाई आसिफ सेखको विकेटले अर्को झड्का दियो। अप्ठ्यारो अवस्थाबाट टिमलाई निकाल्नु पर्ने जिम्मेवारी पाएका आसिफले क्रिज छाडेर खेल्दा स्टम्पिङ भएका थिए। त्यसपछि रोहित पौडेल र आरिफ सेखले कीर्तिमानी ब्याटिङ गर्दा जितको आधार तयार भएको थियो।

उनीहरूले पाँचौँ विकेटका लागि १०० रनको साझेदारी गरे। नेपालका लागि ओडीआईमा यो अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि रोहित र विनोद भण्डारीले गरेको ८३ रनको साझेदारी पाँचौँ विकेटका लागि नेपालको तर्फको ठूलो साझेदारी थियो। उनीहरुले १३ सेप्टेम्बर २०२२ अमेरिकाविरुद्ध उक्त साझेदारी गरेका थिए।

तर, नेपालका लागि कुनै पनि विकेटमा सबैभन्दा ठूलो साझेदारी भने ज्ञानेन्द्र मल्ल र आसिफ सेखले गरेका थिए। उनीहरूले दोस्रो विकेटका लागि १९ सेप्टेम्बर २०२१ ओमानविरुद्ध उसकै घरेलु मैदानमा ९५ रनको साझेदारी गरेका थिए।

आरिफसँग मिलेर उक्त कीर्तिमान तोड्दा रोहितले नेपालबाट ओडीआईमा सबैभन्दा बढी अर्धशतक बनाउने ज्ञानेन्द्र मल्लको कीर्तिमानको बराबरी पनि गरेका छन्। उनीहरूले ओडीआईमा चार–चार अर्धशतक बनाएका छन्।

ज्ञानेन्द्र सबैभन्दा बढी रन बनाउने खेलाडी पनि हुन्। उनले १७ खेलमा ४२२ रन बनाएका छन्। १२ ओडीआई खेलेका रोहितले भने अहिलेसम्म ३६३ रन बनाइसकेका छन्।

बुधबार रोहितले चौथो अर्धशतक पूरा गर्दा आरिफ भने पहिलो अर्धशतक पूरा गर्नबाट १ रनले चुके। करण केसीले फेरि पनि उत्कष्ट ‘फिनिसर’को भूमिका निभाउँदै नेपाललाई जित दिलाए।

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ
सिके राउतले हारे मुद्दा
सम्बन्धित सामग्री
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा मंगलबार, भदौ १६, २०८३
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमालेले प्रधानमन्त्री राहत कोषमा रकम नराख्ने, आफ्नै संयन्त्रबाट राहत बाँड्ने मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : शवको पहिचानका लागि थप विदेशी डीएनए विशेषज्ञ टोली आउँदै मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्