काठमाडौं- भारतीय फास्ट बलर जसप्रित बुमराह र श्रीलंकन अलराउन्डर दिमुथ करुणारत्नले दुई खेलको टेस्ट सिरिजपछि आईसीसीको वरीयतामा उल्लेख्य सुधार गरेका छन्।
भारतको बैंगलोरमा भएको टेस्टको बुमराहले कुल ८ विकेट लिएका थिए। उक्त प्रदर्शनपछि उनी ६ स्थान माथि उक्लदै वरीयतामा चौथो स्थानमा पुगेका छन्।
योसँगै करुणारत्नले डे–नाइट टेस्टको दोस्रो इनिङ्समा पनि १०७ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। उक्त प्रदर्शनका कारण उनी टेस्ट वरीयतामा विश्व नम्बर पाँच ब्याट्सम्यान बनेका छन्। यो उनको करिअरकै उत्कृष्ट टेस्ट वरीयता हो।
बुमराहले काइल जेमिसन, शाहिन शाह अफ्रिदी, टिम साउथी र निल वाग्नरलाई उछिनेका छन्। बुमराहले आठौं पटक टेस्टमा उत्कृष्ट खेल खोलेका थिए, जसको मद्दतमा भारतीय टोलीले टेस्ट सिरिजमा श्रीलंकालाई २-० ले हराएको थियो।
जेसन होल्डर टेस्ट क्रिकेट अलराउन्डर वरीयतामाको सूचीमा पुन: शीर्षस्थानमा उक्लिएका छन्। यो स्थानमा केही दिनअघि मात्रै रविन्द्र जडेजा थिए, जसले मोहाली टेस्टमा १७५ रन बनाएर ९ विकेट लिएका थिए। हालै इंग्ल्याण्डविरुद्धको टेस्टमा होल्डरले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसक्रममा उनले ३ विकेट लिए र ४५ र ३७ रनको इनिङ्स खेले। एन्टिगुवामा खेलिएको टेस्ट बराबरीमा सकिएको थियो।
सोही टेस्टमा होल्डरका सहकर्मी एनक्रुमाह बोनरले १२३ र नटआउट ३८ रन बनाएर ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए। यसअघि उनी वरीयतामा ४४ औं स्थानमा थिए भने यो प्रदर्शनपछि उनी अहिले २२ औं स्थानमा झरेका छन्। योसँगै श्रेयस अय्यर पनि टेस्ट वरीयतामा ३७औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।