काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीसँग टस हारेको छ। शारजाह क्रिकेट स्टेडियममा केहीबेर पछि सुरू हुने खेलमा नेपालले टस हारेको हो।
पपुवा न्यु गिनीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। तुलनात्मक रुपमा विश्वकप लिग–२ को सबैभन्दा कमजोर टोली पपुवा न्युगिनीमाथि सहज जित निकाल्दै नेपालले अंक तालिकामा महत्वपूर्ण २ अंक जोड्ने लक्ष्य लिएको छ।
नेपाल ८ खेलमा ४ जित र ४ हारका साथ छैटौं स्थानमा छ। यता, पपुवा न्युगिनी १३ खेलमा नै पराजित हुँदै पुछारमा छ।
नेपालले गत सेप्टेम्बरमा पपुवा न्युगिनीलाई दुई ओडिआई सिरिजमा २ विकेट र १ सय ५१ रनले हराएको थियो।
ओडिआई कप्तानीमा सन्दीपको डेब्यू
स्पिनर सन्दीप लामिछानेले यसै खेलमार्फत् ओडिआईमा डेब्यू कप्तानी गर्नेछन। पारस खड्काको सन्यास पछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका थिए। तर, क्यानसँगको विवादका कारण उनलाई टी२० र ओडिआईको दुवै कप्तानीबाट हटाएर सन्दीपलाई नियुक्त गरिएको थियोे।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान),ज्ञानेन्द्र मल्ल,दिपेन्द्र सिंह ऐरी,कुशल भुर्तेल,आरिफ शेख,आसिफ शेख,सागर ढकाल,करण केसी,बिनोद भण्डारी,रोहितकुमार पौडेल र सोमपाल कामी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।