• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युतगृहको उपकरण जडान सुरु

64x64
नेपाल लाइभ मंगलबार, चैत १, २०७८  १०:२१
1140x725

काठमाडौं– उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युतगृहको उपकरण जडान गर्ने काम सुरुआत भएको छ। आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४ दशमलव आठ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक उपकरण दोङ्फाङ नामक चिनियाँ ठेकेदार कम्पनीले जडान गरिरहेको हो। 

कार्यस्थलमा १० चिनियाँसमेत २५ दक्ष प्राविधिक जनशक्ति परिचालन भइरहेको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुनिल ढुङ्गेलले बताए। सो आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण जडान सम्पन्न गरी परीक्षण गर्ने लक्ष्य राखिएको छ।

केही दिनअगाडि विद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका नेपाल विद्युत् प्राधिकरणका नायब कार्यकारी प्रमुख माधव कोइरालाले माथिल्लो तथा तल्लो साञ्जेन दुवै स्थानको उपकरण जडानकार्य सन्तोषजनक तवरले अगाडि बढिरहेको बताए। यस्तै ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युतगृहमा समेत एउटै प्राविधिक समूहले आलोपालो उपकरण जडान गरिरहेको बताइएको छ।

कोभिड संक्रमणको कारण दर्शाउँदै उपकरण जडानको जिम्मा लिने चिनियाँ ठेकेदार कम्पनी कार्यस्थलमा ढिलै पुगे पनि निरन्तर काम भइरहँदा तल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्षमा विद्युत् उत्पादन गर्न सकिने अपेक्षा गरिएको आयोजनाका प्राविधिकहरूले बताएका छन्। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत मंसिर ११ गते गरेकोे रसुवा भ्रमणबाट उपकरण जडानमा ठूलो मद्दत पुगेको छ। उपकरण जडानअन्तर्गत साञ्जेनको जिम्मा पाएको दोङ्फाङ चिनियाँ र रसुवागढीको जिम्मा लिने भारतीय कम्पनी भोइथलाई कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै कारबाहीको सङ्केत दिएपछि आवश्यक जनशक्ति कार्यस्थलमा छिट्टै फर्केको प्राविधिकहरूले बताएका छन्।

nimb
nimb

सन् २०१३ बाट सुरु भएको साञ्जेन जलविद्युत् आयोजनामा पटक–पटक प्रमुख फेरबदल भइरहनु, सुरूङ निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनीप्रति निरन्तररूपमा लगनशील गराउन नसक्नुजस्ता कारण निर्माणमा ढिलाइ भएको र आयोजनाले पूँजीवापत लिएका ऋणको ब्याजसमेत बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।

यस्तै टिमुरे र थुमनको आधार इलाकामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादनका उपकरण जडान भइरहेको छ। एक वर्षभित्र उपकरण जडान गरी विद्युत् उत्पादन गराउने अठोटका साथ तीव्ररूपमा काम भइरहेको हो। कामको जिम्मा पाएको भारतीय भोइथ कम्पनीले दैनिक ५० भन्दा बढी दक्ष कामदारबाट काम अगाडि बढाइरहेको सो आयोजनाले जनाएको छ।

विसं २०६० मा पहिलोपटक २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना निर्माण गरेपश्चात् प्राप्त अनुभवका आधारमा ती प्राविधिकले साञ्जेन र रसुवागढी क्षेत्रलाई अध्यायन गरी  विद्युत् प्राधिकरणका प्राविधिक अगाडि बढेका बताइएको छ। साञ्जेनतर्फका दुई विद्युतगृह खुला स्थानमा छ भने रसुवागढीको सम्पूर्ण संरचना भूमिगतरूपमा रहेको छ।

कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋणबाट ब्याजसमेत रु दुई अर्ब ६४ करोडको लागतमा पहिलो चरणअन्तर्गत २० मेगावाट क्षमतामा उत्पादित बिजुली तत्कालीन समयमा कुलमान घिसिङ चिलिमे कम्पनीको प्रबन्ध निर्देशक हुँदा दुई मेगावाटको स्तरवृद्धि गराइ २२ मेगावाट क्षमतामा कायम गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ।

चिलिमेको संरचना भूमिगत भएको छ । भूमिगत संरचनाबाट निर्माण गर्दा बाढी, पहिरो, भूक्षय, चट्याङ तथा भूकम्पले कुनै असर नगर्ने प्रमाणित भइसकेको छ । विसं २०७२ को भूकम्पले असर नगरेको प्राविधिकहरू बताउँछन्।
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतमा फेला परेका भोटेकोशी बाढीका ४ शव नेपाल प्रहरीलाई हस्तान्तरण
भोटेकोशी बाढी : टनेल उद्धारमा सेना सक्रिय, ९ हजार बढी सैनिक परिचालन
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन
सम्बन्धित सामग्री
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा... बिहीबार, भदौ ११, २०८३
विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले औद्योगिक र व्यावसायिक गतिविधिका हिसाबले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत ब... शनिबार, भदौ ६, २०८३
सडक सीमा खाली गराउने बाटो खुल्यो, टेलिकमको रिटमा अन्तरिम आदेश अस्वीकार अदालतको यो निर्णयसँगै यसअघि सडक विस्तारको काम रोक्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशसमेत निरन्तर नहुने भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
भारतमा फेला परेका भोटेकोशी बाढीका ४ शव नेपाल प्रहरीलाई हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : टनेल उद्धारमा सेना सक्रिय, ९ हजार बढी सैनिक परिचालन मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन मंगलबार, भदौ १६, २०८३
बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने मंगलबार, भदौ १६, २०८३
कांग्रेसमा कलह : निकट नेतासँग छलफल गर्दै डा. शेखर कोइराला मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्