फाइल तस्बिर
काठमाडौं– यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत पहिलो साताबाट सुरू हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता ६ चैतदेखि ११ चैतसम्म सञ्चालन हुने जानकारी दिएको हो।
क्यानका अनुसार प्रतियोगिता सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ।प्रतियोगितामा सात प्रदेशका ७ टोलीको सहभागिता रहनेछ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। ग्रुप ए मा सुदूरपश्चिम, कर्णाली,लुम्बिनी र बागमती प्रदेश छन् भने ग्रुप बी मा मधेस, गण्डकी र प्रदेश १ छन्।
समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने क्यानले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच चैत ६ गते प्रतिस्पर्धा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।