काठमाडौं- भारत र श्रीलंकाबीच शनिबारदेखि बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा सुरु हुने डे–नाइट टेस्ट सिरिजका लागि शतप्रतिशत दर्शकलाई मैदानमा खेल हेर्न अनुमति दिइएको छ। कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले राज्य सरकारको स्वीकृति पछि यो निर्णय गरेको हो।
टिकटको माग बढेपछि केएससीएले शतप्रतिशत दर्शकलाई मैदानमा खेल हेर्न दिन सरकारसँग स्वीकृति मागेको थियो। केएससीए कोषाध्यक्ष विनय मृत्युञ्जयका अनुसार पहिलो दुई दिनमा दर्शकका लागि उपलब्ध १० हजार टिकट बिक्री भइसकेको छ।
पूरै रंगशाला दर्शकका लागि खुला गर्ने निर्णयपछि केएससीएले यही बढ्दो माग पूरा गर्न शुक्रबारबार थप टिकट बिक्री सुरु गरेको छ।
बैंगलोरले सन् २०१८ को जुनदेखि पहिलोपटक टेस्ट म्याच आयोजना गर्दैछ। पछिल्लो पटक यस मैदानमा अन्तर्राष्ट्रिय खेल जनवरी २०२० मा भएको थियो। अस्ट्रेलियाले छोटो एकदिवसीय सिरिजका लागि भारत भ्रमण गरेको थियो। रोहित शर्माको शतकमा भारतले उक्त सिरिज जितेको थियो।
समग्रमा, यो भारतको लागि घरेलु मैदानमा तेस्रो टेस्ट हो। नोभेम्बर २०१९ मा, भारतले कोलकातामा बंगलादेश र फेब्रुअरी २०२१ मा इङ्गल्याण्डविरुद्ध अहमदाबादमा टेस्ट सिरिज खेलेको थियो। यी दुवै खेल भारतले तीन दिनमै जितेको थियो। अहमदाबादमा भएको पिंक बल टेस्ट दुई दिनमै सकिएको थियो।
अहमदाबाद शहरले विराट कोहलीको १००औं टेस्ट म्याच आयोजना गर्ने भनिएको थियो। तर, पछि श्रीलंकाको टोलीलाई कोलम्बोको सिधा उडान सुविधा उपलब्ध गराउन सिरिजको अन्तिम खेलमा सारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।