काठमाडौं– चार ब्याटरको अर्धशतकसँगै नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबविरुद्ध ३३२ रनको विशाल योगफल खडा गरेको छ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको छ।
नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ७२ रन बनाए। ओपनर कुशल भुर्तेल ५७ र आसिफ शेख ५२ रन बनाउँदै आउट भए। करण केसी ५३ र कमलसिंह ऐरी ४३ रनमा अविजित रहे।
आरिफ शेख ३५ रन जोड्दै आउट भए।
विकेटकिपर विनोद भण्डारी ३, भीम सार्की २ र पवन सराफ ३ रनमा आउट भए।
यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो।
नेपालले अन्तिम खेल शुक्रबार श्रीलंका संयुक्त ११ सँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।