काठमाडौं– भारतीय क्रिकेट रविन्द्र जडेजा विश्वकै नम्बर एक टेस्ट अलराउन्डर बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा पनि पहिलो नम्बरमा पुगेका हुन्।
मोहालीमा श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा जडेजाले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो इनिङ्समा ब्याटिङ गर्दै जडेजाले १ सय ७५ रन बनाएका थिए। त्यसपछि बलिङमा उनले ९ विकेट लिएका थिए।
जडेजा विश्वको नम्बर एक टेस्ट अलराउन्डर बनेको यो दोस्रो पटक हो। सन् २०१७ मा पनि जडेजा अगस्ट महिनामा एक सातासम्म टेष्ट वरीयतामा नम्बर एक अलराउन्डर थिए।
यसअघि, फेब्रुअरी २०२१ मा विश्वको नम्बर एक टेस्ट अलराउन्डर वेस्ट इन्डिजका जेसन होल्डर थिए। उनी नयाँ वरीयतामा दोस्रो स्थानमा झरेका छन्। यस्तै, तेस्रो नम्बरमा भारतकै रविचन्द्र अश्विन छन् भने चौंथो स्थानमा बंगलादेशका शकिब अल हसन छन्। अश्विन एक स्थान तल झरेका हुन्। यता, हसन वरीयतामा यथावत् रहेका छन्।
पाँचौं स्थानमा भने इंग्ल्यान्डका बेन स्टोक्स छन्। वेन यसअघि छैटौं स्थानमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।