काठमाडौं- पहिलो अभ्यास खेलमा नेपालले श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी क्रिकेट टोलीलाई २ सय १५ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २ सय १४ रनमा अलआउट भयो।
नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए।
यता, युवा ओपनर आसिफ शेख ३६, विनोद भण्डार २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल, सागर ढकाल र रोहितकुमार पौडेल १३/१३ र सन्दीप लामिछानेले ११ रन बनाए।
विक्रम सोब ११ रनमा अविजित रहे।
श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
यता, अवदतले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।