काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी२० आई सिरिज आयोजना गर्ने भएको छ।
क्यानले आइतबार टियु क्रिकेट मैदानमा पपुवा न्यू गिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज गर्न लागेको जानकारी दिएको हो।
नेपालले पपुवा न्यू गिनीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ। टियु क्रिकेट मैदानमा हुने सिरिज मार्च २५ र २६ मा हुनेछ।
यस्तै, नेपालले टियुमै नेपाल, मलेसिया र पपुवा न्यू गिनीबीच त्रिकोणात्क टी२०आई सिरिज खेल्नेछ। त्रिकोणात्क टी२०आई सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुने क्यानले जनाएको छ।
क्यानले घरेलु मैदानमा यसअघि गतवर्ष वैशाखमा मलेसिया र नेदरल्यान्ड्सँग टी२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो। उक्त सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।