काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीहरूका लागि तीन दिन क्वारेन्टिन बस्नुपर्ने छ, त्यसपछि मात्र उनीहरू आईपीएल बबलमा प्रवेश गर्न सक्नेछन्। क्वारेन्टिनपछि खेलाडीको कोरोना परीक्षण हुनेछ। आईपीएल गभर्निङ काउन्सिलले बिहीबार यो निर्णय गरेको हो ।
तीन दिनको क्वारेन्टाइनमा खेलाडीको होटलको कोठामा नै दैनिक कोरोना परीक्षण हुनेछ। क्वारेन्टिनपछि पनि आगामी तीन दिनसम्म खेलाडीको कोरोना परीक्षण जारी रहने छ ।
यद्यपि, यो नियम बबलबाट आईपीएलमा प्रवेश गर्ने खेलाडीहरूमा लागू हुने छैन। जसमा भारत-श्रीलंका, पाकिस्तान-अस्ट्रेलिया, वेस्ट इन्डिज-इंग्ल्याण्ड र दक्षिण अफ्रिका-बंगलादेश सिरिजका खेलाडीहरू समावेश छन्।
आईपीएलको तयारीका लागि सबै १० टोलीले आफ्नो क्याम्प सुरु गर्ने भएका छन्। क्वारेन्टिनको समान नियम क्याम्पमा पनि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।