काठमाडौं- अस्ट्रेलियाका महान् स्पिनर शेन वार्नको निधन भएको छ। फक्स क्रिकेटका अनुसार ५२ वर्षीय वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ।
विश्वकै सर्वाधिक सफल लेग स्पिनर मानिने वार्न वार्न सन् १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए। १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू गरेका उनले २००७ मा सिड्नीमै इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए।
ओडिआईमा उनले सन् १९९३ मा न्यूजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए। उनले अन्तिम खेल मेलबर्नमा एसिया ११ विरुद्ध २००५ मा खेलेका थिए। वार्न लेगस्पिनमा विश्वका सर्वाधिक सफल बलर हुन्।
उनले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए। उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए।
टेस्टमा वार्न श्रीलंका स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलरसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।