काठमाडौं- नेपालले दुई सातापछि युएईमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएई, पपुवा न्युगिनीसँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको लागि अन्तिम टोली घोषणा गरेको छ।
प्रशिक्षक पुबुदु दासानायकेले बिहीबार लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा अन्तिम १६ सदस्य टोली घोषणा गरेका हुन्। घोषणा टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन्।
यता, तीव्र गतिका बलर गुलशन झा र स्पिनर सुशन भारी भने बन्द प्रशिक्षणबाट बाहिरिएका छन्। यता, अनिलकुमार शाह र राजु रिजाल पनि बन्द प्रशिक्षणबाट बाहिरिएका छन्।
नेपालले युएई जानुअघि श्रीलंका स्थानिय टोलीसँग चार अभ्यास खेल खेल्ने छ। त्यसका लागि टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छ। त्यसपछि नेपाल १४ मार्चमा युएई जानेछ।
विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ।
नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ। २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन्। बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।