काठमाडौं– गत शुक्रबार अल्पायुमै निधन भएका पत्रकार यादब थपलियाको परिवारलाई आर्थिक सहयोग गर्न नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले आग्रह गरेको छ।
समितिको सोमबार बसेको बैठकले स्वर्गीय थपलियाका श्रीमती र २ छोरीहरूको जीवनयापन र शिक्षादिक्षामा सहयोगका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रतिष्ठान शाखाहरू, कान्तिपुर मिडिया ग्रूप, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै सञ्चारसँग सम्बद्ध सबै संघसंस्थालाई अनुरोध गर्ने निर्णय गरेको हो।
उपचारको क्रममा असार १५ गते सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा थपलियाको निधन भएको थियो।
प्रतिष्ठान समितिले स्वर्गीय थपलियाको परिवारजनका लागि तत्काल १० हजार रुपैया छुट्याइएको र थप सहयोगका लागि सबैसँग आग्रह गर्ने निर्णय गरिएको प्रतिष्ठान प्रदेश समितिका महासचिव बालकृष्ण अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।