काठमाडौं– नेपाल एपीएफ क्लब काठमाडौंमा जारी ललितपुर मेयस वुमन्स च्याम्पियनसिप टी२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको छ।
लिगको अन्तिम खेलमा आइतबार एपीएफले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै अपराजितका साथ फाइनल खेल्ने भएको हो।
सामान्य ४५ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ६.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो
एपीएफकी ओपनर ज्योति पाण्डे २२ बलमा ३ चौकासहित २२ रनमा अविजित रहिन्। यता, सिता रानामगर १८ बलमा १ चौकासहित १७ रनमा अविजित रहिन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४४ रन बनायो।
लुम्बिनीको नेरी थापाले १५, लक्ष्मी चौधरी ११ र सरस्वती घर्तीमगरले ८ रन बनाउनु बाहेक अन्यले ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफकी रेखा रावलले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन्। यता, सुमन विष्टको नाममा १ विकेट रह्यो।
उपाधिको लागि एपीएफले सोमबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ। एपीएफ ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रह्यो।
सुदूरपश्चिम ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।