काठमाडौं- काठमाडौं महानगरपालिका-२ उत्तरढोका टुकुचा सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोलुखुम्बु केरुङ-५ घर भएका विसाल तामाङको मृत्यु भएको हो। गएराति १ बजे बा ७१ प ७८४३ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भीर घाइते भएका तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।