काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी२० लिग आयोजना गर्न भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ।
शनिबार कैलालीको धनगढीमा भएको क्यानको साधारण सभाले टी२० लिग सञ्चालन गर्न सेभेन थ्री स्पोर्टसलाई नै दिने निर्णय गरेको हो।
क्यानले गत वर्ष १० वर्षसम्म नेपाल टी२० लिग गर्न भारतको सेभेन थ्री स्पोर्टससँग ४२ करोड रुपैयाँको प्रारम्भिक सम्झौता गरेको थियो।
तर, विवादमा परेपछि गत असोज २० र २१ बसेको क्यान कार्यसमितिको बैठकले उक्त सम्झौता रद्द गर्ने प्रकृया अगाडि बढाएको थियो। यद्यपि, शनिबार बसेको बोर्ड बैठकले उक्त निर्णयलाई संशोधन गर्दै लिग सञ्चालन गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्टसलाई नै दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।