काठमाडौं- ओमानको मस्कटमा सम्पन्न आईसीसी टी२० विश्वकप ग्लोबल छनोट खेलमा तेस्रो स्थान हात पारेको नेपाली टोली स्वदेश फर्किएको छ।
शुक्रबार साँझ टोली नेपाली क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ।
योसँगै नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी२० प्रतियोगितामा सहभागी हुने मौका गुमाएको छ।
नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो। यस्तै, सेमिफाइनलमा भने युएईसँग ६८ रनले पराजित भएको थियो। प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किको हो।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान सन्दीप लामिछानेले टोलीमा देखिएको एकता नै ओमान टुरको उपलब्धी भएको बताए।
उनले भने, ‘जित्नैपर्ने दिन खराब बन्दा विश्वकपमा छनोट हुन नसकेनौं। यसले ठूलो टोलीसँग खेल्ने अवसर गुमेको छ। तर, युवा टोलीको यो राम्रो सुरुआत हो। टोलीले जस्तो प्रदर्शन गरेको छ, यसले भविष्यका लागि राम्रो संकेत गरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।