काठमाडौं- नेपाल एपीएफ क्लब ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जितसहित फाइनलमा पुगेको छ।
एपीएफ तेस्रो खेलमा ललितपुर मेयर्स–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
शुक्रबार भएको खेलमा जितको लागि ८१ रनको सामान्य विजयी लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। एपीएफको जितमा ओपनर ज्योति पाण्डे सर्वाधिक ५६ रनको अविजित इनिङ्स खेलिन्। उनले ४५ बलमा ११ चौका प्रहार गरिन्।
यता, रोमा थाप ११ रनमा अविजित रहिन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ललितपुर मेयर्सका लागि अनुराधा चौधरीले १ विकेट लिइन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउँदै ८० रन बनाएको थियो।
ललितपुरको लागि सुमन खतिवडाले सर्वाधिक ३० रन बनाइन्। उनले ३५ बलमा २ चौका प्रहार गरिन्। यता, आरती बिडारी २१ रनमा अविजित रहिन्।
एपीएफकी करुणा भण्डारी र सुमन विष्टले १–१ विकेट लिए ।
एपीएफ ३ खेलमा ३ मा नै जितका साथ शीर्षस्थानमा छ। एपीएफले अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग आइतबार प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।