काठमाडौं– घरेलु टोली ओमानलाई हराउँदै आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको नेपाली टोली आज (शुक्रबार) स्वदेश फिर्ता हुने भएको छ।
तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ। योसँगै नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी२० प्रतियोगितामा सहभागी हुने मौका गुमाएको छ।
नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो। यस्तै, सेमिफाइनलमा भनेयुएईसँग ६८ रनले पराजित भएको थियो।
प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली टोली शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।