काठमाडौं- घरेलु टोली ओमानलाई हराउँदै आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको नेपाली टोली शुक्रबार स्वदेश फिर्ता हुने भएको छ।
तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ। योसँगै नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी२० प्रतियोगितामा सहभागी हुने मौका गुमाएको छ।
नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो। यस्तै, सेमिफाइनलमा भने युएईसँग ६८ रनले पराजित भएको थियो। प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली टोली शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।