काठमाडौं- नेपालले घरेलु टोली ओमानलाई हराउँदै आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको छ।
तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको हो।
८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितका ओपनर कुशल भुर्तेल ५५ रनमा अविजित रहे। उनले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
कुशलले ४२ औं बलमा आफ्नो टी२० आई करिअरको पाचौं अर्धशतक पूरा गरेका थिए। उनी नेपालबाट टी२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्।
यता, आरिफ शेख २१ रनमा अविजित रहे। उनले २७ बलमा १ चौका प्रहार गरे। ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। आसिफ १८ बलमा १ चौकासहित १३ रनमा क्याच आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।