काठमाडौं- घरेलु टोली ओमानले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन बनाएको हो। ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक २१ रन बनाए। उनले २८ बलमा ३ चौका प्रहार गरे।
यता, कलिमुल्लाह १४ र नसिम खुसी १५ रनमा आउट भए। अन्य ब्याटरले सम्झनलायक रन बनाउन सकेनन्। दोस्रो ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिसँग तालमेल नमिल्दा जतिन्दर सिंह २ रनमै रन आउट भए।
यता, कमलसिंह ऐरीको तेस्रो ओभरको चौथो बलमा ठूलो सट खेल्ने क्रममा शोएब खान ३ रनमा सन्दीप लामिछानेबाट क्याच आउट गराए। अभिनाश बोहराको पाँचौं ओभरको चौथो बलमा कश्याप प्रजापतिलाई सन्दीपबाट ५ रनमा क्याच आउट गराए।
सन्दीपले मोहम्मद नदिमलाई सातौं ओभरको दोस्रो बलमा १ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच गराए। जिशान मकसुदलाई आरिफ शेखले दीपेन्द्रसिंह ऐरीबाट २१ रनमा क्याच गराए।
यता, तल्लोक्रमका अयान खान १६, सन्दीप गौड १ र नेस्टर धम्बा ५ रनमा आउट भए। नसिम खुसी १५ बलमा १ छक्कासहित १५ रनमा आउट भए।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। कमलसिंह ऐरी, अभिनाश बोहरा आरिफ शेख र सागर ढकालले १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।