काठमाडौं– नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटको तेस्रो स्थानको लागि घरेलु टोली ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक पुबुदु दासानायकेले तीव्र गतिका बलर जितेन्द्र मुखियालाई बेन्चमा राखेका छन्।
उनको स्थानमा युवा स्पिनर सागर ढकाललाई मौका दिइएको छ। टोलीमा अन्य परिवर्तन भने भएको छैन। ओमान र नेपाल दुवै सेमिफाइनलबाट बाहिरिएका टोली हुन्।
नेपाल पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएको थियो।
ओमान टेस्ट टोली आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो। दुवै टोली अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी२० विश्वकप पुग्नबाट बन्चित भइसकेको छ।
नेपालको प्लेइङ ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, सागर ढकाल, विवेक यादव र अभिनाश बोहरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।