काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टि२० आईको नयाँ वरियतामा नेपालको स्थान खस्किएको छ। आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको दुई स्थान खस्किएको हो।
आइसिसीले मंगलबार जारी गरेको नयाँ टि२० आई वरियतामा नेपाल १५औं स्थानमा छ। यसअघि नेपाल १३औं स्थानमा थियो। नेपाल दुई साताभित्र तीन स्थान खस्किएको हो। यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा युएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो।
नेपाल १५औं स्थानमा हुँदा आयरल्यान्ड १४औं र स्कटल्यान्ड १३औं स्थानमा छन्। युएई भने १२ औं स्थानमा पुगेको छ। टि२० आईको नयाँ वरियतामा भारत शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ। न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैटौं स्थान छ।
वेस्टइन्डिज सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, बंगलादेश १० औं र जिम्बावे ११ औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।