• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाल टी–२० विश्वकपमा छनोट हुनबाट बञ्चित, युएईसँग ६८ रनले पराजित

64x64
नेपाल लाइभ मंगलबार, फागुन १०, २०७८  १८:५९
1140x725

काठमाडौं– नेपाल आईसीसी टी–२० विश्वकप छनोट हुनबाट बञ्चित भएको छ। मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग ६८ रनले पराजित हुँदै नेपाल विश्वकपमा पुग्न असफल भएको हो। 

सेमिफाइनलमा युएईलाई पराजित गरेको भए नेपालले आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउने थियो। यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक विश्वकप खेलेको थियो।

तर, मंगलबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले जितका लागि दिएको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल त्यसको आसपास पनि पुग्न सकेन। बलिङ र ब्याटिङ दुवैमा कमजोर सावित भएको नेपाल १८.४ ओभरमा १०७ रन बनाउँदै आउट हुन पुग्यो।

युएईका दाहिने हाते मिडियम फास्ट बलर जुनैद सिद्दिकी घातक बन्दा पावर प्ले समाप्त नहुँदै नेपालले महत्त्वपूर्ण तीन विकेट गुमाएको थियो।

नेपालका ओपनर आसिफ शेख गोल्डेन डक आउट हुन पुगे। उनलाई पहिलो ओभरको चौंथो बलमा जुनैदले एलबीडब्लू आउट गर्दै क्रिजबाट बाहिर पठाइदिए।

यसअघि जारी प्रतियोगिताको समूहण चरण अन्तर्गत क्यानडाविरुद्धको खेलमा उनले १७ रन बनाएका थिए। फिलिपिन्ससँगको खेलमा भने उनी गोल्डेन डक आउट भएका थिए। प्रतियोगिताकै पहिलो खेलमा अर्थात् ओमानविरुद्धको खेलमा उनी ४ रनमा समेटिएका थिए। 

त्यसअघि ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मिलित चारदेशीय टी–२० आई सिरिजमा पनि उनको खराब लय कायमै थियो। उनले आयरल्याण्डविरुद्धको खेलमा २३ रन बनाए भने युएईविरुद्धको खेलमा ३४ रन बनाएका थिए।

यस्तै, युवा ब्याटर लोकेश बम पनि गोल्डेन डक आउट भए। उनी पहिलो ओभरको अन्तिम बलमा जुनैदले मोहम्मद वासिमको हातबाट क्याच आउट गराए। यता, फिलिपिन्सविरुद्धको खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेल पनि क्रिजमा टिक्न सकेनन्। 

nimb
nimb

उनलाई जुनैदले दोस्रो ओभरको अन्तिम बलमा वृत्य अरविन्दको हातबाट क्याच आउट गराइदिए।

जित दिलाउने ऐरी र मल्लको एकल प्रयास
लोकेश बम आउट भएपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए। तर, उनी स्लो बायाँ हाते अर्थोडक्स बलर अहमद रजाको जालमा परे। उनलाई १२औं ओभरको अन्तिम बलमा जराले ३८ रनमा एलबीडब्ल्यू आउट पारे।

आउट हुनु अगाडि ऐरीले ३८ बलमा ४ चौका प्रहार गरेका थिए। यसअघि ऐरीले ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रन बनाएका थिए। यता, क्यानडाविरुद्धको खेलमा ३१ बलमा ३ चौकासहित २७ रनमा अविजित रहेका थिए।

ऐरी आउट भएपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि इनिङ्स उकास्ने कोसिस गरेका थिए। तर, उनी पनि सफल हुन सकेनन्।

१२औं ओभरको चौंथो बलमा रजाको बलमा २० रनमा वासिमको हातबाट क्याच हुनुपूर्व उनले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि क्रिजमा आएका कप्तान सन्दीप लामिछाने पनि ४ रनमा आउट भए। यस्तै, युवा ब्याटरहरु विवेक यादव र कमलसिंह ऐरी पनि टिकेर खेल्न सकेनन्।

सन्दीप १५औं ओभरको चौंथो बलमा रजाको बलमा वासिमबाट क्याच आउट भए। उनले ६ बल खेले। यता, १३ बलमा १ चौकासहित ८ रन बनाएका विवेक १५औं ओभरको अन्तिम बलमा रजाले जहुर खानको हातबाट क्याच आउट गराए। यस्तै, कमललाई पनि १७औं ओभरको अन्तिम बलमा रजाले जहुरबाट क्याच आउट गराए।

यता, जितेन्द्र मुखिया १८औं ओभरको चौंथो बलमा जहुरको बलमा बोल्ड भएपश्चात नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना ओमानमै तुहियो।

नेपाललाई सस्तैमा समेट्न युएईका जुनैद सिद्दिकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। कप्तान अहमद रजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।

नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो ओभरको चौंथो बलमा युएईका ओपनर चिराग सुरीलाई ४ रनमै बोल्ड गरेका थिए।

नेपालको घरेलु लिग पोखरा प्रिमिपर लिग (पीपीएल)समेत खेलिसकेका सुरुले विश्वकप छनोट अगाडि भएकोओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चार देशिय टी–२० आई सिरिजमा उच्च प्रदर्शन गरेका थिए। 

सिरिजमा नेपाललाई हराउन ८४ रनको अविजित इनिङ्स खेलेका उनी सेमिफाइनलको खेलमा भने त्यति घातक रहेनन्। उनी पछाडि आएका आक्रामक ओपनर मोहम्मद वासिम र युवा विकेटकिपर तथा ब्याटर वृत्य अरविन्द भने नेपाली बलरलाई टाउको दुखाइ बन्न पुगेका थिए। 

१९ वर्षीय विकेटकिपर अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक इनिङ्स खेले। उनलाई कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको तेस्रो बलमा बोल्ड गरे।

अरविन्द युएईका प्रमुख हतियार हुन्। अरविन्दले विश्वकप छनोटअन्तर्गत समूह चरणको खेलमा टेस्ट टोली आयरल्यण्डविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै गरेका थिए।

आयरल्यण्डलाई हराउन अरविन्दले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको अविजित इनिङ्स खेलेका थिए। बहराइनलाई हराउन उनी ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनमा अविजित थिए।

विश्वकप छनोटमा जमर्नीसँग ४० रनमा रन आउट हुँदा त्यसअघि ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चारदेशीय टी–२० आई सिरिजमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

आयरल्याण्डविरुद्ध ५० रन बनाएका उनले ओमानसँग १९ रन बनाए। सिरिजअघि ओमानसँग भएको ओडीआई खेलमा अरविन्दले ८९ र ३४ रन बनाएका थिए। 

यता, वासिमले ४८ बलमा ७० रनको आक्रामक खेल खेले। उनले ४ चौका र ४ छक्का प्रहार गरे। उनलाई १६औं ओभरको अन्तिम बलमा अभिनाश बोहोराले आरिफ शेखको हातबाट क्याच गराए। 

पावर प्लेमा विष्फोटक ब्याटिङको क्षमता राख्ने वासिमले जारी प्रतियोगिताको समूह चरणको खेलमा जमर्नीसँग ५० रनको इनिङ्स खेलेका थिए। 

ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चारदेशीय टी–२० आई सिरिजमा ओमानसँग ४४ बलमा ३ चौका र ८ छक्कासहित ८४ रन जोड्दै आउट भएका थिए। 

नेपालसँगको खेलमा उनी १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए। 

उनी आउट हुनुपूर्व मोहम्मद उस्मानले १७ रन बनाउँदै क्रिज छोडे। २४ बल खेलेका १ चौका प्रहार गरे। उनलाई १६औं ओभरको पहिलो बलमा अविनाश बोहोराले ठूलो शर्ट खेल्ने क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट बनाए।

विशाल लक्ष्य बनाउने कोसिस, तीन विकेट गुम्यो सस्तैमा
युएईले १७औं ओभरसम्म ५ विकेट गुमाएर १४१ रनबनाइसकेको थियो। तर, उस्मान आउट भएपछि युएईले विशाल लक्ष्य कायम गर्ने धुनमा अन्य ब्याटरलाई सस्तैमा गुमायो। 

युएईका बासिल हमिद २ र जवर फरीद ११ रनमा आउट हुन पुगे। हमिदलाई १७औं ओभरको पहिलो बलमा मुखियाले विवेक यादवको हातबाट क्याच गराए। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा कुशल मल्लको स्थानमा विवेक यादवलाई मौका दिएका थिए। कुशल फिलिपिन्ससँग १२ र क्यानडासँग गोल्डेन डक आउट भएका थिए।

४ बलमा १ चौका र १ छक्का प्रहार गरेर ११ रन बनाएका फरीदलाई १७औं ओभरको अन्तिम बलमा मुखियाले नै मल्लबाट क्याच आउट गराए।

कासिफ दाउद ४ रनमा आउट भए। उनलाई १८औं ओभरको पाँचौ बलमा अविनाशले ठूलो शर्ट खेल्ने क्रममा सन्दीपबाट क्याच गराए।

यता, रोहन मुस्तफा र अहमद रजा क्रमश : ९ र ६ रनमा अविजित रहे।

अभिनाश महंगो सावित भए
दायाँ हाते मिडियम फास्ट बलर अविनाश युएईविरुद्धको खेलमा महंगो सावित भए। चार ओभर बलिङ गरेका उनले ३ विकेट लिन ४६ रन खर्चिए। 

यता, फास्ट बलर मुखियाले ३ विकेट लिए। उनले ३ ओभर बलिङ गर्दै ३५ रन खर्चिए।

नेपालका अन्य बलरको भने प्रदर्शन खास रहन सकेन। कप्तान सन्दीपले पनि ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएर १ विकेट लिए।

नेपाल समूह ‘बी’ बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो। नेपालले समूह चरणमा घरेलु टोली ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो। 

नेपालले तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा आयरल्याण्ड र ओमानबीच पराजित हुने टोलीसँग खेल्नेछ। फाइनल बिहीबार हुनेछ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष
सम्बन्धित सामग्री
जितसहित सुखद् अन्त्य गर्ने लक्ष्य नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा बलियो भिक्टोरिया क्रिकेट एकेडेमी–११ विरुद्ध जित निकाल्दै प्... शनिबार, भदौ १३, २०८३
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिबार, भदौ १३, २०८३
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्