काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले जितका लागि दिएको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ।
नेपालका ओपनर आसिफ शेख गोल्डेन डक आउट हुन पुगे। उनलाई पहिलो ओभरको चौथो बलमा दाहिने हाते मिडियम फास्ट बलर जुनेद सिद्दिकीले शून्य रनमा क्रिजबाट बाहिर पठाइदिए।
यस्तै, दोस्रो विकेटको रुपमा लोकेश बम जुनेद सिद्दिकीकै बलमा मोहम्मद वासिमको हातबाट क्याचआउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।