• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

टी–२० विश्वकप छनोट सेमिफाइनल : वासिम र अरविन्दको घातक ब्याटिङ, नेपालले पायो १७६ रनको विशाल लक्ष्य

64x64
नेपाल लाइभ मंगलबार, फागुन १०, २०७८  १७:२३
1140x725

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले जितका लागि नेपाललाई १७६ रनको विशाल लक्ष्य दिएको छ। 

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो।

दुई ब्याटर घातक सावित 
नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा युएईका ओपनर चिराग सुरीलाई ४ रनमै बोल्ड गरेका थिए।

नेपालको घरेलु लिग पोखरा प्रिमिपर लिग (पीपीएल)समेत खेलिसकेका सुरुले विश्वकप छनोट अगाडि भएकोओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चार देशिय टी–२० आई सिरिजमा उच्च प्रदर्शन गरेका थिए। 

सिरिजमा नेपाललाई हराउन ८४ रनको अविजित इनिङ्स खेलेका उनी सेमिफाइनलको खेलमा भने त्यति घातक रहेनन्। उनी पछाडि आएका आक्रामक ओपनर मोहम्मद वासिम र युवा विकेटकिपर तथा ब्याटर वृत्य अरविन्द भने नेपाली बलरलाई टाउको दुखाइ बन्न पुगेका थिए। 

१९ वर्षीय विकेटकिपर अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रमक इनिङ्स खेले। उनलाई कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको तेस्रो बलमा बोल्ड गरे।

अरविन्द युएईका प्रमुख हतियार हुन्। अरविन्दले विश्वकप छनोटअन्तर्गत समूह चरणको खेलमा टेस्ट टोली आयरल्यण्डविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै गरेका थिए।

आयरल्यण्डलाई हराउन अरविन्दले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको अविजित इनिङ्स खेलेका थिए। बहराइनलाई हराउन उनी ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनमा अविजित थिए।

nimb
nimb
Ncell 2
Ncell 2

विश्वकप छनोटमा जमर्नीसँग ४० रनमा रन आउट हुँदा त्यसअघि ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चारदेशीय टी–२० आई सिरिजमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

आयरल्याण्डविरुद्ध ५० रन बनाएका उनले ओमानसँग १९ रन बनाए। सिरिज अघि ओमानसँग भएको ओडीआई खेलमा अरविन्दले ८९ र ३४ रन बनाएका थिए। 

यता, वासिमले ४८ बलमा ७० रनको आक्रामक खेल खेले। उनले ४ चौका र ४ छक्का प्रहार गरे। उनलाई १६औं ओभरको अन्तिम बलमा अभिनाश बोहोराले आरिफ शेखको हातबाट क्याच गराए। 

पावर प्लेमा विष्फोटक ब्याटिङको क्षमता राख्ने वासिमले जारी प्रतियोगिताको समूहण चरणको खेलमा जमर्नीसँग ५० रनको इनिङ्स खेलेका थिए। 

ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चारदेशीय टी–२० आई सिरिजमा ओमानसँग ४४ बलमा ३ चौका र ८ छक्कासहित ८४ रन जोड्दै आउट भएका थिए। 

नेपालसँगको खेलमा उनी १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए। 

उनी आउट हुनुपूर्व मोहम्मद उस्मानले १७ रन बनाउँदै क्रिज छोडे। २४ बल खेलेका १ चौका प्रहार गरे। उनलाई १६औं ओभरको पहिलो बलमा अविनाश बोहोराले ठूलो शर्ट खेल्ने क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट बनाए।

विशाल लक्ष्य बनाउने कोसिस, तीन विकेट गुम्यो सस्तैमा
युएईले १७औं ओभरसम्म ५ विकेट गुमाएर १४१ रनबनाइसकेको थियो। तर, उस्मान आउट भएपछि युएईले विशाल लक्ष्य कायम गर्ने धुनमा अन्य ब्याटरलाई सस्तैमा गुमायो। 

युएईका बासिल हमिद २ र जवर फरीद ११ रनमा आउट हुन पुगे। हमिदलाई १७औं ओभरको पहिलो बलमा मुखियाले विवेक यादवको हातबाट क्याच गराए। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा कुशल मल्लको स्थानमा विवेक यादवलाई मौका दिएका थिए। कुशल फिलिपिन्ससँग १२ र क्यानडासँग गोल्डेन डक आउट भएका थिए।

४ बलमा १ चौका र १ छक्का प्रहार गरेर ११ रन बनाएका फरीदलाई १७औं ओभरको अन्तिम बलमा मुखियाले नै मल्लबाट क्याच आउट गराए।

कासिफ दाउद ४ रनमा आउट भए। उनलाई १८औं ओभरको पाँचौ बलमा अविनाशले ठूलो शर्ट खेल्ने क्रममा सन्दीपबाट क्याच गराए।

यता, रोहन मुस्तफा र अहमद रजा क्रमश : ९ र ६ रनमा अविजित रहे।

अभिनाश महंगो सावित भए
दायाँ हाते मिडियम फास्ट बलर अविनाश युएईविरुद्धको खेलमा महंगो सावित भए। चार ओभर बलिङ गरेका उनले ३ विकेट लिन ४६ रन खर्चिए। 

यता, फास्ट बलर मुखियाले ३ विकेट लिए। उनले ३ ओभर बलिङ गर्दै ३५ रन खर्चिए।

नेपालका अन्य बलरको भने प्रदर्शन खास रहन सकेन। कप्तान सन्दीपले पनि ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएर १ विकेट लिए।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने सिरिज डिसेम्बर ९ देखि १३ डिसेम्बरसम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। शुक्रबार, असार २६, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] तेस्रो सिजनका लागि पाँच जना खेलाडी ‘ए’ क्याटागोरीमा थिए । जनकपुल बोल्ट्सबाट ओपनिङ गरिरहेका आशिफ शेख यसपटक भने लुम्बिनी लायन्समा आवद्... सोमबार, असार २२, २०८३
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा पुगेका हुन् । उनीमाथि उनकै पूर्वटोली जनकपुर बोल्ट्सस... सोमबार, असार २२, २०८३
ताजा समाचारसबै
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध शनिबार, असार २७, २०८३
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्