काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको युनाइटेड अरब इमिरेट्स (युएई)का युवा विकेटकिपर तथा ब्याटर वृत्य अरविन्द अर्धशतक बनाउन चुकेका छन्।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर युएईले पहिला ब्याटिङ गरिरहेको छ। युएईले दोस्रो ओभरको चौंथो बलमा ओपनर चिराग सुरीलाई ४ रनमै गुमाएपनि त्यसपछि सम्हालिएर ब्याटिङ गरिरहेको छ। उनलाई फास्ट बलर जितेन्द्र मुखियाले बोल्ड गरेका थिए।
१९ वर्षीय विकेटकिपर अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रमक इनिङ्स खेले। उनलाई कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको तेस्रो बलमा बोल्ड गरे।
उनी युएईका प्रमुख हतियार हुन्। अरविन्दले विश्वकप छनोटअन्तर्गत समूहण चरणको खेलमा टेस्ट टोली आयरल्यण्डविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै गरेका थिए।
आयरल्यण्ड हराउन अरविन्दले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको अविजित इनिङ्स खेलेका थिए। यता, बहराइनलाई हराउन उनले ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनमा अविजित थिए।
विश्वकप छनोटमा जमर्नीसँग ४० रनमा रन आउट हुँदा त्यसअघि ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चार देशिय टी–२० आई सिरिजमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
आयरल्याण्डविरुद्ध ५० रन बनाएका उनले ओमानसँग १९ रन बनाए। सिरिज अघि ओमानसँग ओडिआई खेलमा अरविन्दले ८९ र ३४ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।