काठमाडौं- आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध सानदार सुरुआत गरेको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले विकेट गुमाएको छ।
नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन्। उनले दोस्रो ओभरको चौथो बलमा युएईका ओपनर चिराग सुरीलाई ४ रनमै बोल्ड गरे।
विश्वकप छनोट अगाडि भएको ओमान, आयरल्याण्ड, युएई र नेपाल सम्मेलित चार देशिय टी–२० आई सिरिजमा सुरीले नेपाललाई हराउन ८४ रनको अविजित इनिङ्स खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।