तुलसीपुर- सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ। तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको स्थानीयवासी कमल ओलीले बताए।
तुलसीपुरको टरिगाउँ विमानस्थललाई स्तरवृद्धि गरी हवाई सेवा नियमित बनाउनुपर्नेमा वैकल्पिक विमानस्थल बनाउने नीति अगाडि बढाउनु औचित्यपूर्ण नभएको उनीहरुको भनाइ छ।
उनीहरुले वैकल्पिक विमानस्थल निर्माणका लागि जग्गा नदिने समेत बताएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।