काठमाडौं- युवा ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतक पूरा गर्ने पूर्वकप्तान पारस खड्काको कीर्तिमान तोडेका छन्।
आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा कुशलले पारसको नाममा रहेको कीर्तिमान तोडेका हुन्।
कुशलले फिलिपिन्ससँगको जारी खेलमा ३२ बलमा चौकासहित आफ्नो टी२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरे।
योसँगै कुशल नेपालबाट टी२० आईमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन्। गत बैशाखमा घरेलु मैदानमा सम्पन्न नदेरल्याण्ड्, मलेसियासहितको त्रिदेशिय टी२० आई सिरिजमा डेब्यू गरेका उनले चार अर्धशतक बनाएका थिए।
नेदरल्याण्ड्सँगको पहिलो खेलमा उनले ६२, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्ड्सँगको दोस्रो खेलमा ६२ रन बनाएका थिए। यस्तै, नेदरल्याण्ड्सँगको फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए।
नेपालका लागि पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।