चितवन- भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ।
काठमाडौं बुढानीलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६:४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।