• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कर्मचारीले लेख्नुपर्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नु गल्ती हो : देव गुरुङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, माघ २३, २०७८  १८:४९
1140x725

नेकपा (माओवादी केन्द्र)मा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताका विषयमा प्रष्ट भाषामा विरोध गरिरहेका नेता हुन्, देव गुरुङ। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक समेत रहेका उनी यसलाई अस्वीकार गर्नुपर्ने धारणा राखिरहेका छन्।

यहीबीच उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास गर्न समय बढाइमागेको पत्र सार्वजनिक भएको छ। उक्त पत्रमा अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको टिप्पणी गर्छन्, गुरुङ। उक्त पत्र र एमसीसीका विषयमा गुरुङसँग नेपाल लाइभले गरेको संक्षिप्त संवाद : 

अध्यक्ष प्रचण्डले एमसीसी पास गर्ने समयसीमा लिएको पत्र सार्वजनिक भएको छ। त्यसपछि एमसीसीप्रति तपाईंको धारणा बलदियो कि त्यही हो?
फतिमा सुमार आएको बेलामा तुरुन्तै पास गर्नुपर्‍यो भनेर दबाब आयो। त्यसरी दबाब दिन थालेपछि उहाँहरुले समय थप गर्न पत्राचार गरौं भन्नुभएछ र उहाँहरुले  एउटा पत्रचार गर्नुभएछ। त्यो पछि मात्रै जानकारी पायौं। तत्काल पास गर्न सक्ने अवस्था नरहेको, समय लिएर, छलफल गरेर  र राष्ट्रिय सहमति जुटाएर मात्रै पास गर्ने समय लिनका लागि पत्राचार गरिएको हो भनेर भन्नुहुन्थ्यो। यो आशयमा समस्या देखिँदैन। 

समस्या कहाँ छ भने विदेशी निकायसँगको पत्राचार भएकाले यो कूटनीतिक माध्यमबाट हुनुपर्थ्यो। पहिलो कुरा पाँच दलको बीचमा सहमति हुनुपर्थ्यो। दोस्रो, कूटनीतिक निकायमार्फत् गर्नुपर्थ्यो। पराराष्ट्र मन्त्रालयबाट कर्मचारीले गर्नुपर्थ्यो। उहाँहरुले हस्ताक्षर गर्ने कुरा ठीक होइन। कूटनीतिक मर्यादा अनुकूल मिल्दैन। त्यसो भएको हुनाले यो कूटनीतिक निकायमार्फत् पत्राचार गर्नुपर्ने विषय हो। प्रक्रियागत रुपले त्रुटी देखिन्छ। नेताहरुको आशय समय लिनुपर्छ, सार्नुपर्छ भन्ने कुरालाई अन्यथा ठान्नुभएन।

एमसीसीले सम्झौता संसद्‌बाट अनुमोदन गर्न ताकेता पत्र पठाएको देखिन्छ। त्यसकारण संसद्‌मा टेबल मात्रै भएपपनि गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावलाई कसरी लिनुभएको छ?
अहिलेकै अवस्थामा टेबल गर्न सम्भव छैन। सत्ता गठबन्धनका सबै सहमत छैनन्, एउटा दलले मात्रै टेबल गर्ने कुरा भएन।

Ncell 2
Ncell 2
nimb
nimb

यसलाई बाहिर गिजोल्नुभन्दा संसदंमै टेबल गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कसरी बेठिक?
टेबल गर्ने वैधानिक ग्राउन्ड हुनुपर्‍यो। कि राष्ट्रिय सहमति हुनुपर्छ, कि वैधानिक ग्राउन्ड हुनुपर्छ। वैधानिक ग्राउन्ड भनेको संवैधानिक मान्यता अनुसार, अन्तर्राष्ट्रिय कानुनको मान्यताअनुसार, विगतको अभ्यास अनुसार हुनुपर्‍यो। यस्ता सम्झौता संसद्‌‌मा टेबल गर्ने पूर्वअभ्यास छैन।

वाणिज्य संस्थासँग गरेको करार सम्झौता अन्तर्राष्ट्रिय कानुन हुने कुरा भएन। त्यो पनि मिलेन। यो शान्ति सन्धि, सिमाना पनि सन्धि होइन। कि खुलेआम सैन्य रणनीति हो भन्नुपर्‍यो, त्यो पनि छैन। आउँदा अर्कै भएर आएको छ। त्यसकारण आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन। 

एमसीसी कम्पनीसँग सम्झौता गर्दा दफा ६ मा प्रष्ट छ– यो संसद्‌मा टेबल गरेर काननु बनाइने छैन। सदनमा  टेबल गर्ने कुरा सम्झौता गर्दा परिकल्पना गरेको छैन। पछाडि क‍ेपी ओली नेतृत्वको सरकारका पालामा कानुन मन्त्रालयबाट अन्तर्राष्ट्रिय कानुका रुपमा व्याख्या भयो। त्यसरी टिप्पणी उठाएर सदनमा ल्याइएको हो। सदनमा ल्याउने कानुनी आधार नभएको कुरा कसरी संसद्‌मा टेबल हुन्छ?

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पत्र लेख्नुअघि पार्टीमा छलफल गर्नुभएनछ। पार्टीमा यत्रा ठूलो अन्तरविरोध रहेको विषयमा सुटुक्कै हस्ताक्षर गर्ने अध्यक्ष प्रचण्डको शैली स्वीकार्य हो वा समीक्षा हुन्छ?
पार्टीको नीतिगत निर्णयका आधारमा पत्राचार गर्ने, लेख्ने र बोल्ने कुराहरुमा त नेताहरुलाई छुट छ। स्वतन्त्रता छ। पार्टीको नीति के हो भने यथास्थितिमा पास गर्न सकिँदैन। 

संशोधन गर्न सकिन्छ। राष्ट्रिय सहमति जुटाउन सकिन्छ भने त नहुने कुरा भएन। अहिले सकिँदैन भन्ने छँदैछ। त्यसैले समय बढाउन खोज्नुभयो। त्यसलाई अन्यथा मान्ने कुरा भएन। 

पत्र लेख्दाखेरी जसलाई जे मन लाग्यो त्यही ढंगले एमसीसी कम्पनीलाई पत्र लेख्न पाइँदैन। यो कूटनीतिक मर्यादा अनुसार हुनुपर्छ। त्यसअनुसार परराष्ट्र मन्त्रालय अन्तर्गत हुनुपर्छ। अहिले अर्थ मन्त्रालयलाई जिम्मा लगाएको अवस्थामा अर्थ मन्त्रालयमार्फत हुनुपर्ने थियो।

मन्त्रालयले लेख्दा कूटनीतिक भाषाशैली प्रयोग हुन्छ। कर्मचारीले लेख्नुपर्ने कुरामा नेताले हस्ताक्षर गर्दा अर्थको अनर्थ लाग्छ। प्रक्रिया र कूटनीतिक मर्यादाका हिसाबले यो मिलेन। पार्टीमा समीक्षाको विषय बनेको छ। बन्छ। 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष... सोमबार, कात्तिक ९, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] हामी दशैंमा दरबारमा पनि टीका लगाउन जान्थ्यौँ। पछि दरबारसँग कलाकारको नाताले मेरो राम्रो सम्बन्ध भयो। उहाँहरूले मेरो स्वरलाई मन पराउनु... बुधबार, कात्तिक ४, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढा... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्