काठमाडौं– साँग्रिला मोटर्स प्रालिले ‘न्यू जेएसी टी८ २.०एल पिकअप ट्रक’ नेपाली बजारमा भित्र्याउने भएको छ। कम्पनीले ५६.९९ लाखको आकर्षक सुरुआती मूल्य उक्त ट्रकको बुकिङ खुल्ला गरेको जानकारी दिएको छ।
सांग्रिला मोटर्स गोल्छा अर्गनाइजेसनको अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ।
गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो।
‘यस कम्पनीले सार्वजनिक गरेको जेएसी टी८ पिकअप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रहरुमा पहिलो रोजाइमा रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘जर्मनीको एफईभीसँग मिलेर बनाइएको २.० लिटर टर्बो डिजेल इन्जिनले १३७ हर्ष पावर र ३२० एनएमको टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ।’
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।