काठमाडौं- नेपालका लागि जीपको आधिकारिक बिक्रेता एमएडब्ल्यू लाइफले जीप र्यांग्लरको लाइनअपमा नयाँ जीप ग्लेडियटर थपेको छ।
जीप ग्लेडियटर जीपको आइकनिक र्यांग्लरमा आधारित रहेको कम्पनीले जानकारी दिएको छ। ‘गो एनिह्वेयर, डु एनिथिङ क्यापाबिलिटी, एड्भान्स्ड टेक्नोलोजिकल फिचर, जीपको परिचित डिजाइन र ओपन-एअर फ्रिडम रहेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमएडब्ल्यू लाइफले यसअघि आफ्नो ‘सीबीयू लाइनअप’मा ‘टु डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा र्यांग्लर उपलब्ध गराउँदै आएको थियो।
कम्पनीले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो जसमा ३.६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन छ जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ। यसको ‘अफरोड क्यापाबिलिटी’ जीपको ‘सेलेक-ट्रयाक एक्टिभ अन-डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ। यो सिस्टमले २.७२:१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु-स्पिड ट्रान्सफर केस अफर’ गर्छ। भी६ इन्जिनलाई ‘लो-एन्ड टर्क’का लागि ‘अप्टिमाइज’ गरिएको छ जुन ‘अफरोडिङ’का लागि आवश्यक छ। ग्लेडियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।