काठमाडौं– काठमाडौं उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्देशन दिएका छन्।
मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपत् जोखिमयुक्त क्षेत्रमा रहेकाले आयोजनाको हेडवक्र्सलगायतका संरचनाको गुणस्तरीय निर्माण गर्नसमेत ठेकेदार कम्पनी र मेलम्ची खानेपानी विकास समितिका कर्मचारीलाई निर्देशन दिएका हुन्।
खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य व्रजाचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्राविधिक टोलीसहित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणमा पुगेका मन्त्री चौधरीले सो निर्देशन दिएका हुन्।
गत असार १ गते आएको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले सुरु गरिसकेको छ।
आयोजना पूर्ण रूपमा पुनः सञ्चालनमा नआएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्याङ्न गर्नेसमेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।