काठमाडौं- आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शववाहन हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, वेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शववाहन हस्तान्तरण गरिएको हो।
आईएमई मोटर्सले शववाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ। साथै, सेना, प्रहरीका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।